काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२५’ तथा ‘चिनियाँ नयाँ वर्ष’को शनिवार शुभारम्भ भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डले भक्तपुरमा संयुक्तरुपमा कार्यक्रम आयोजना गरी ‘नेपाल भ्रमण वर्ष २०२५’को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष’को शुभारम्भ गरिएको हो ।
भक्तपुर दरवार स्वायरमा आयोजित कार्यक्रममा भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाच प्रस्तुत गरिएको थियो । साथै दरबार स्वायरबाट टौमढीसम्म सांस्कृतिक ¥याली आयोजना गरिएको थियो । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतवार ठमेलमा परेड गरिएको छ ।