काठमाडौं । काठमाडौंको दरबार हाई स्कुलको प्राङ्गणमा परम्परागत खाद्य मेला २०८१ आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाले ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’को नारासहित मेला आयोजना गरेको हो ।
करीब १६ स्टल समावेश मेलामा मौलिक स्वादका रैथाने एवम् स्थानीय खानाका परिकार ‘एक वडा : एक उद्यम’अन्तर्गत उत्पादित खाद्य वस्तु प्रदर्शनीमा उपलब्ध छन् ।
रैथाने तथा मौलिक खानाका परिकार उत्पादन गर्ने शीपलाई रचनात्मक उद्योगका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको महानगरले जनाएको छ ।
हेर्नुस् तस्वीरहरू