काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा च्याउ मेला तथा प्रदर्शनी आयोजना गरिएको छ । च्याउ उत्पादक किसान संघ, नेपालले सोमवार (आज) च्याउ मेला तथा प्रदर्शनी आयोजना गरेको हो ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भएको मेलामा ४० ओटा स्टलमा च्याउसम्बन्धी प्रदर्शनी गरिएको अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।
च्याउ दिवसका अवसरमा आज बिहान कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठूलो चौरसम्म मोटरसाइकल र्याली आयोजना गरिएको थियो ।
मेलामा च्याउका विभिन्न परिकार राखिएको आयोजकले जनाएको छ । मेलामा ‘गोभ्रे’, ‘कन्ये’, ‘किङ वयस्टर’ र ‘सिताके’ प्रजातिको च्याउ उत्पादनको प्रयोगात्मक प्रदर्शनी गरिएको थियो ।
हेर्नुस् तस्वीरहरू