काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दक्षिण एसियाली दोस्रो अन्तरराष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ आजबाट शुरु भएको छ । प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गरे ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले संयुक्तरूपमा उक्त प्रदर्शनी आयोजना गरेका हुन् ।
प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राखेको छ । प्रदर्शनी यही पुस २१ गतेसम्म चल्ने छ ।
हेर्नुस् तस्वीरहरू