काठमाडौं । काठमाडौंको केलटोलस्थित जन बहाः (मच्छिन्द्रबहाल) परिसरमा करुणामय देउताका रूपमा पुजिने जनबाहाद्यो (सेतो मच्छिन्द्रनाथ)को महास्नान सम्पन्न भएको छ ।
पुस शुक्ल अष्टमीको दिन काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने परम्परा छ । सेतो मच्छिन्द्रनाथलाई हिन्दुहरू हरिहरका रूपमा, बौद्ध धर्मावलम्बीहरू आर्यावलोकितेश्वरका रूपमा र वैष्णवले नारायणका रूपमा पुज्ने गर्छन् ।
हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन शोभा भगवतीबाट ल्याएको शुद्ध जलले बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथलाई महास्नान गराइन्छ । यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ ।
महास्नानका बेला मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ। त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाइदिने गरिन्छ।
महास्नानको अवलोकन जीवित देवी कुमारीले पनि गरेकी छन् ।
हेर्नुस् तस्वीरहरू