काठमाडौं । माघे संक्रान्ति पर्व आउन २ दिन मात्रै बाँकी छ । पर्व नजिकिएसँगै कालीमाटीको तरकारी बजारमा तरुल भित्रिने क्रम बढेको छ ।
माघे संक्रान्तिमा तरुलसँगै पिडालु, सखरखण्डलगायत खाने चलन छ । आकाशे तरुल, नेपाली तरुल, रातो तरुल, सिँगाने पिँडालु, दुधे पिँडालु, घरतरुल, वनतरुल, पाँचऔंले, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पातले, लगायतका कन्दमूल बजारमा किनबेच भइरहेको छ ।
कालीमाटीमा दिनहुँ तरुल ल्याइएका गाडी पुग्ने गरेका छन् । विशेषगरी तराईका सर्लाही, नवलपरासीलगायत र पहाडी जिल्ला नुवाकोट, सिन्धुलीबाट काठमाडौंमा तरुल भित्रने गर्छ ।
आइतवार बिहान कालीमाटी तरकारी बजारमा गाडीबाट तरुल ‘अनलोड’ गरिँदै थियो । गाडीका कर्मचारी तरुल अनलोड गर्दै थिए भने व्यापारी आफ्नो पसलमा तरुल मिलाउन व्यस्त थिए ।
पसलमा तरुल किन्ने ग्राहक पनि देखिन्थे । तरुलको जात र प्रजातिअनुसार भाउ रहने गरेको छ । आइतवार बिहान कालीमाटीमा आकाशे तरुल प्रतिढक (पाँच किलो) रु. ६०० देखि ७०० मा विक्री भइरहेको थियो ।
हेर्नुस् तस्वीरहरू