काठमाडौं । २० वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार (आज) एकैपटक सार्वजनिक गरेका छन् । दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरूले कुल २७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका छन् ।
गत वर्षको दोस्रो त्रैमाससम्म यी बैंकहरूले गरेको खुद नाफाको आधारमा भने यस वर्ष ४ दशमलव ६२ प्रतिशत कम खुद नाफा भएको हो । यस वर्ष गत वर्षको तुलनामा २० वाणिज्य बैंकहरूमध्ये ९ वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ ।
११ वाणिज्य बैंकहरूको नाफा वृद्धि भएको छ । तीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा प्रभु बैंक छ । बैंकले यस वर्ष गत वर्षभन्दा ८५ दशमलव ४९ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म ७२ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
बैंकको यस वर्ष इम्पेयरमेन्ट चार्ज रकम कम हुँदा खुद नाफा बढेको हो । गत वर्ष १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज रकम यस वर्ष ८१ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र छ ।
गत वर्षको तुलनामा यस वर्ष खुद नाफा बढाउनेमा प्रभु बैंकसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, नबिल बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । यी बैंकहरूको इम्पेयरमेन्ट चार्ज बापतको रकम यस वर्ष घटेकाले खुद नाफा बढेको हो ।
गत वर्षको तुलनामा यस वर्ष एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा बढी ९२ दशमलव शून्य ३ प्रतिशत घटेको छ । गत वर्ष १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको एनआईसी एशिया बैंकले यस वर्ष १५ करोड १७ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
एनआईसी एशिया बैंकको इम्पेयरमेन्ट चार्ज शीर्षकमा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी छुट्याएकाले खुद नाफामा असर परेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले यो शीर्षकमा ४८ करोड रुपैयाँ मात्र छुट्याएको थियो ।
यस वर्ष खुद नाफा घट्ने कम्पनीहरूमा एनआईसी एशिया बैंकसँगै कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । यी बैंकहरूले इम्पेरमेन्ट चार्ज बापतको रकम बढी छुट्याएका कारण खुद नाफा घटेको देखिन्छ ।
बैंकको नाम |
खुद नाफा चालू आवको |
खुद नाफा गत आवको |
फरक प्रतिशत |
प्रभु बैंक |
१,३३६,१३८ |
७२०,३४१ |
८५.४९ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक |
२,८३२,३२६ |
१,८०१,९४४ |
५७.१८ |
ग्लोबल आइएमई बैंक |
३,०५३,४८० |
२,०४२,३२९ |
४९.५१ |
एनएमबि बैंक |
२,००३,५४० |
१,३७५,९८७ |
४५.६१ |
एभरेष्ट बैंक |
२,०७४,७६३ |
१,७१३,१४८ |
२१.११ |
लक्ष्मी सन्राइज बैंक |
१,१६२,०७६ |
१,०५९,२१० |
९.७१ |
नेपाल एसबिआई बैंक |
९००,२८१ |
८४०५४१ |
७.११ |
सानिमा बैंक |
१,१९२,३११ |
१,१३८,६१४ |
४.७२ |
नबिल बैंक |
३,२४४,२७७ |
३,२०३,०७९ |
१.२९ |
हिमालयन बैंक |
१,५१८,७७० |
१,५०३,९७४ |
०.९८ |
माछापुच्छ्रे बैंक |
८०७,३२७ |
८०५,३८० |
०.२४ |
स्ट्यान्डर्ड चार्टर्ड बैंक |
१,६४०,६३० |
१,७२६,४२८ |
-४.९७ |
प्राइम कमर्सियल बैंक |
१,८६९,९५० |
२,१८२,९२७ |
-१४.३४ |
सिटिजन्स बैंक इन्टरनेशनल |
६६१,८२८ |
७८२,७८४ |
-१५.४५ |
नेपाल बैंक |
४६१,०१७ |
५९०,०५१ |
-२१.८७ |
कृषि विकास बैंक |
९५७,५४९ |
१,३५५,२७५ |
-२९.३५ |
सिद्धार्थ बैंक |
५३०,२२९ |
१,१३६,८२२ |
-५३.३६ |
राष्ट्रिय वाणिज्य बैंक |
७६३,०३३ |
२,०१५,३८८ |
-६२.१४ |
कुमारी बैंक |
२७५,७३० |
८६७,२११ |
-६८.२ |
एनआईसी एशिया बैंक |
१५१,७३० |
१,९०३,८०७ |
-९२.०३ |
जम्मा |
२७,४३६,९८५ |
२८,७६५,२४० |
-४.६२ |
स्रोत : सम्बन्धित कम्पनीहरूको वित्तीय विवरण ।