काठमाडौं। नेपाल एसबिआई बैंकले पोखरा महानगरपालिका–३ नदीपुरस्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रूपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई रू. ३ लाख सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख मिनबहादुर गरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल प्रशान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारी समेतको उपस्थिति थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आएको बताइएको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको बताइएको छ ।