काठमाडौं। एमएडब्लू वृद्धिले अपग्रेड सहित थप शक्तिशाली दाबी गरिएको इलेक्ट्रिक एसयुभी ‘डीपल एस०७एल’ सार्वजनिक गरेको छ । नेपालमा डीपल एस०७ को ७५० युनिट विक्री गरिसकेको र ग्राहकको आवश्यकता र माग अनुरुप डीपल एस०७एल ल्याइएको कम्पनीले जानकारी दिएको छ । उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाको साथ विद्युतीय गतिशीलतालाई पुन: परिभाषित गर्न यो एसयुभी सक्षम रहने अपेक्षा कम्पनीको छ ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बासडर पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले डिपल एस०७एल अनावरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष अग्रवालले प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवामार्फत ग्राहक अनुभव वृद्धि गर्नेमा जोड दिए ।
डीपल एस०७एल ले १६० किलोवाट रियर–ह्वील ड्राइभ मोटरको साथमा ७९ दशमलव ९ किलोवाट आवरको ब्याट्री प्याक जोडिएको बताइएको छ । यो पावरहाउस संयोजनले सिंगल चार्जमा ४८५ किलोमिटरसम्म गुड्ने र गाडीको गति प्रति घण्टा १८० किलोमिटरसम्म रहेको बताइएको छ ।
यस गाडीमा फ्रेमलेस ढोका, २० इन्चको अलोय ह्वील, १५ दशमलव ६ इन्चको टचस्क्रिन, अगमेन्टेड रियालिटी हेड–अप डिस्प्ले, जेस्चर कन्ट्रोल, वेलकम सिट लगायत रहेको बताइएको छ ।