काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर आइतवार सूचीकृत भएको छ । कम्पनीको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त बोनस शेयर अब सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।
कम्पनीले असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।