काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तस्रो त्रैमाससम्म १ अर्ब १० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करिब २९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ८५ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको वितरणयोग्य नाफा ७ करोड ७ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म ३० करोड ५६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको वितरणयोग्य नाफा यस वर्ष भने सुधार भएको हो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम घटेको छ । गत वर्ष यस अवधिसम्म ९४ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ७१ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको यस वर्ष यो रकम २ अर्ब ५ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ । जगेडा कोष रकम ६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको शेयर प्रिमियम रकम ३ करोड रुपैयाँभन्दा बढी रिटर्न अर्निग ७ करोड ७ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा करिब ७ प्रतिशत बढी १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँभन्दा निक्षेप संकलन गरेको छ भने १० दशमलव ९३ प्रतिशत बढी १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ७७ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २ पैसा छ ।