काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको खुद नाफा पुस मसान्तको तुलनामा माघ मसान्तमा २० दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । फण्डले पुस मसान्तमा रू. १७ करोड ८९ लाख नाफा कमाएकोमा माघ मसान्तमा बढेर रू. २१ करोड ६४ लाख पुगेको छ ।
माघमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । पुस मसान्तमा फण्डले रू. १९ करोड ५० लाख आम्दानी गरेकोमा माघ मसान्तमा बढेर रू. २३ करोड ५१ लाख पुगेको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि वृद्धि भएको छ । पुस मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ४८ पैसा रहेकोमा माघ मसान्तमा बढेर ११ रुपैयाँ ७३ पैसा पुगेको छ ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । पुस मसान्तमा सूचीकृत शेयरमा रू. १ अर्ब ३३ करोड लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. १ अर्ब ३६ करोड पुर्याएको हो ।