मङ्सिर २८, काठमाडौं (अस) । काठमाडौंमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन लीगअन्तर्गत बिहीवार सम्पन्न खेलमा एनएमबी मच्छिन्द्रले अर्को जित हात पारेको छ । लीग लिडर मच्छिन्द्रले बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई एक गोलअन्तरले पराजित गरी आफ्नो स्थान सुरक्षित बनाएको हो । निकै प्रतिस्पर्धात्मक रहेको दुई टोलीबीचको सो खेलमा मच्छिन्द्रका दीपक राईले ६४औं मिनेटमा गोल गरेका थिए । बारम्बार राम्रो अवसर निकालेको आर्मीले भने कुनै पनि प्रहारलाई गोलको दिशा दिन सकेन । जितसँगै ६ खेलबाट १६ अङ्क बटुलेको मच्छिन्द्र लीगको शीर्षस्थान मै रहेको छ । ६ खेलबाट ८ अङ्क बनाएको आर्मी तालिकाको सातौं स्थानमा रहेको छ ।

बिहीवार नै सम्पन्न अर्को खेलमा सिम्रिक सरस्वती र एनआईबीएल फ्रेण्ड्सबीचको खेल बराबरीमा टुङ्गिएको छ । रमेश घिसिङले खेलको ५८औं मिनेटमा गोल गरी सरस्वतीलाई अग्रता दिलाएका थिए । तर, फ्रेण्ड्सका जगजित श्रेष्ठले ६६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै ८ अङ्क बनाएको सरस्वती लीग तालिकाको आठौं स्थानमा रहन सफल भएको छ । त्यस्तै, ६ खेलबाट ६ अङ्क बटुलेको फ्रेण्ड्स भने १२ औं स्थानमा छ ।