एजेन्सी । मेक्सिकोमा सन् २०२४ को चुनावी परिणामले इतिहास रचेको छ । मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति हुने भएकी छन् ।
महिला राष्ट्रपति पदका उम्मेदवार क्लाउडिया शेनबामले यो चुनाव जितेकी छिन् र अहिले उनी राष्ट्रपतिपदको सपथग्रहणको तयारीमा जुटेकी छिन् । मेक्सिकोको आईएनई इलेक्टोरल इन्स्टिच्युटको द्रुत नमूना गणनाअनुसार मेक्सिकोको राष्ट्रपति चुनावमा सत्तारुढ दलकी उम्मेदवार क्लाउडिया शीनबाम विजयी भएकी छन् ।
मेक्सिकोसिटीका ६१ वर्षीय पूर्व मेयर सम्म रहेकी उनले आइतवार सम्पन्न निर्वाचनमा ५८ देखि ६० प्रतिशतसम्म मत प्राप्त गरेकी छन् । यसले उनलाई आफ्नो मुख्य प्रतिद्वन्द्वी र व्यवसायी जोचितल गाल्भेजभन्दा लगभग ३० प्रतिशत अंकको अग्रता दिएकी छन्।
विपक्षी उम्मेदवार जोचितल गाल्भेजले २६.६ देखि २८.६ प्रतिशत मत प्राप्त गरेकी छन् । शेनबामले आफ्ना मेन्टर तथा निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरको स्थान लिनेछिन् ।