काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१औं वर्ष प्रवेशको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५’ बुधवारदेखि शुरू भएको छ । लिगको यो चौथो संस्करण हो । विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी साथै मर्चेन्ट बैंकहरूको सहभागिता रहेको क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको बैंकको भनाइ छ । ४ दिनसम्म चल्ने लिगमा कुल ३९ खेल र २४० खेलाडीको सहभागिता रहेको छ । महालक्ष्मी क्रिकेट लिगमा ९ वाणिज्य बैंक, ८ विकास बैंक, १ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बीमा कम्पनी र २ मर्चेन्ट बैंकको सहभागिता छ । बुधवार सम्पन्न उद्घाटन कार्यक्रममा महालक्ष्मी विकास बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले म्याच अफिसियललाई बल र ब्याट हस्तान्तरण गरी लिग शुरू गरेका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.