काठमाडौं। महालक्ष्मी विकास बैंकले जाजरकोट भूकम्पका प्रभावितको सहायताका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको हो । गत शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकले भूकम्पबाट मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.