logo
मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै आज पुस २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तीसपुतलीमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.