काठमाडौं । मंसिर महीनामा ङादी ग्रुप पावरको सर्वाधिक शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार गत महीनामा यस कम्पनीको रू. ४ अर्ब ५० करोड बराबरको शेयर कारोबार भएको हो ।
गत महीना सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जानकी फाइनान्स छ । यो कम्पनीको रू. ४ अर्ब ३६ करोड बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै नेपाल फाइनान्सको रू. ४ अर्ब १९ करोड बराबरको कारोबार भएको छ ।
गत महीना सर्वाधिक शेयर खरीदविक्री गर्ने सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, बेष्ट फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड इदि मार्दी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर क्रमश: चौथोबाट नवौं स्थानमा छन् ।
मंसिरमा कर्णाली डेभलपमेन्ट बैंकको रू. १ अर्ब ९४ करोड बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीको शेयर कारोबार अहिले रोक्का छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले अहिले यस कम्पनीको शेयर कारोबार रोक्का राखेको हो ।
कुन कम्पनीको कारोबार कति ?