काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डले कात्तिकको तुलनामा मङ्सिरमा सूचीकृत शेयरमा लगानी बढाएका हुन् ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ८२ करोड ४२ लाख लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू. ९२ करोड ३१ लाख पुर्याएको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ३९ करोड ६९ लाख लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू.४७ करोड ४८ लाख पुर्याएको हो ।
त्यस्तै यी दुवै फण्डको न्याभ पनि बढेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को न्याभ कात्तिक मसान्तमा ९ रुपैयाँ ७८ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ ३४ पैसा पुगेको हो ।
त्यसैगरी यस फण्डले मङ्सिर मसान्तमा रू. २१ लाख ७७ लाख हजार नाफा कमाएको छ । कात्तिक मसान्तमा भने फण्ड रू.४ करोड २८ लाख नोक्सानीमा थियो । मङ्सिरमा यस फण्डको आम्दानीमा सुधार भएसँगै नाफामा गएको हो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को न्याभ कात्तिक मसान्तमा ९ रुपैयाँ १२ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ९ रुपैयाँ ६८ पैसा पुगेको हो । यस फण्ड मङ्सिर मसान्तमा ४ करोड ३२ लाख नोक्सानीमा छ । कात्तिक मसान्तमा पनि फण्ड रू. ११ करोड १३ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको केही नोक्सानी घटेको देखिन्छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्