काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले मङ्सिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरणअनुसार फण्ड मङ्सिर मसान्तमा रू. ५ करोड ८४ लाख नोक्सानीमा रहेको छ । अघिल्लो महीना कात्तिक मसान्तमा पनि फण्डले रू. ४ करोड ९० लाख नोक्सानी व्यहोरेको थियो ।
यस आधारमा फण्डको नोक्सानी कात्तिक महीनाको तुलनामा मङ्सिरमा बढेको छ । मङ्सिर महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू. ४ करोड ९० लाख ऋणात्मक रहेकोले नोक्सानी बढेको हो । कात्तिक मसान्तसम्म फण्डको जम्मा खर्च रू. ७७ लाख ८१ हजार रहेकोमा मङ्सिर मसान्तमा बढेर रू. ९४ लाख ३२ हजार पुगेको छ ।
त्यसैगरी कात्तिकको तुलनामा मङ्सिर महीनामा फण्डको सूचीकृत धितोपत्रमा लगानी पनि घटेको छ । फण्डले कात्तिक मसान्तसम्म सूचीकृत शेयरमा रू. ९३ करोड ७५ लाख लगानी गरेकोमा मङ्सिर मसान्तमा घटेर रू. ९० करोड ७० लाखमा झरेको छ । त्यसैगरी फण्डको न्याभ पनि कात्तिक मसान्तसम्म रू. ९ दशलमव ६१ रहेकोमा मङ्सिर मसान्तमा रू. ९ दशमलव ५३ कायम भएको छ ।