काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नवीन महर्जन चयन भएका छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो । उनलाई नवनिर्वाचित सञ्चालकहरूमध्येबाट अध्यक्ष चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।
असोज १८ गते सम्पन्न कम्पनीको १४ औं र १५ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन्, जसमा संस्थापक समूह (क)बाट ४ जना र सर्वसाधारण समूह (ख)बाट १ जना महिलासहित २ जना सञ्चालक निर्वाचित भएका छन् ।
संस्थापक समूहबाट नवीन महर्जनसँगै कविन महर्जन, विजय प्रकाश महर्जन, रविन्द्र महर्जन र सर्वसाधारण समूहबाट रामेश्वर महर्जन र हीरा लक्ष्मी महर्जन निर्विरोध निर्वाचित भएका हुन् ।