काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ ।
सभा यति पार्टी प्यालेस बसुन्धरा काठमाडौंमा दिनको १ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले प्राप्ती सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियराी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । गत आवको मुनाफाबाट कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।