काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा तथा बालबालिकाको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ । सोही क्रममा बैंकले नवलपुरको वुलिङटारस्थित रम्भादेवी आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्मका ७६ जना विद्यार्थीलाई पोशाक वितरण गरेको जानकारी दिएको छ ।
पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा पदाधिकारी र विद्यार्थीको उपस्थिति थियो । यस सहयोगबाट स्थानीय बालबालिका विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन मिल्ने विश्वास बैंकको छ ।