काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा खिम प्रकाश मल्ल चयन भएका छन् । फागुन २२ गते बिहान ८ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई नयाँ अध्यक्ष चयन गरेको हो ।
मल्ललाई फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो । यसअघिका बैंकका अध्यक्ष भरत राज ढकालले आफ्नो व्यक्तिगत कारणवश बैंकको सञ्चालक पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै राजिनामा दिएका थिए ।
उनको राजीनामा फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले नेप्से मार्फत जनाएको छ ।