काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ८८ हजार ९९९ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री खुला गरेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र चितवनको रत्ननगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । आवेदनमा के कति कित्ता कति मूल्यमा खरीद गर्ने हो सोसमेत खुलाउन कम्पनीले भनेको छ ।