काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर कम्पनीले अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र आवेदन दिन सक्ने सूचना कम्पनीले चैत १ गते जारी गरेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय भरतपुर, चितवनमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा आफूले खरीद गर्ने शेयरको कित्ता र मूल्य समेत खुलाउनुपर्नेछ ।