काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र कम्पनीको चितवनको भरतपुरस्थित केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।