काठमाडौं । नबिल बैंकको सञ्चालकमा सैयद मन्सुर मुस्तफा नियुक्त भएका छन् । असोज १८ गते बसेको बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा मुस्तफालाई नियुक्त गरेको हो ।
बैंकको संस्थापक शेयरधनी आईएफआईसी बैंक पीएलसी बंगलादेशको तर्फबाट उनलाई सिफारिस गरेको थियो । सोहीअनुसार मुस्तफालाई संस्थापक समूहको तर्फबाट सञ्चालक पदमा नियुक्त गरिएको बैंकले नेप्सेमार्फत जनाएको छ ।