काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले अवितरित संस्थापक तर्फको ४३ हजार ७७९ दशमलव ५२ कित्ता संस्थापक तर्फको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको उक्त संस्थापक तर्फको हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । वैशाख १२ गतेदेखि २१ गतेसम्म यी शेयर लिलामीमा विक्री खुला गरी वैशाख २६ गते प्राप्त गोप्य शिलबन्दी बोलप खोलिएको थियो । जेठ ६ गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो ।
यो शेयर बाँडफाँटमा नपरेको शेयर वापत्को रकम जेठ ७ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।