काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् ।
बैंक र डायग्नोस्टिक प्रा.लि. बिच भएको सम्झौता अनुसार प्याथोलोजि ल्यावको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले विज्ञप्तीमार्फत जनाएको छ । छुट सम्बन्धि सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिक प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक रबिन्द्र के.सी.ले हस्ताक्षर गरेका छन् ।