काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी चैत ६ गते ६५औं वार्षिक साधारण सभा बोलाएको छ ।
फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले नेपाल एपीएफ क्लब, हलचोक, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकहरुको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
सभा प्रयोजनका लागि बैंकले फागुन २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।