काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रालि, फूलबारी पोखराबीच बैंकका ग्राहकलाई मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साइन्सका विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने सम्झौता भएको बताइएको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देकोे उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमुख मिनबहादुर गुरुङ र मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत अनिल ओदुभिलबीच सम्झौतापत्रका हस्ताक्षर भएको हो ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारी समेतको उपस्थिति थियो । यस सम्झौताबाट ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएका विभिन्न स्वास्थ्य सेवामा १० देखि शत प्रतिशत छूट प्राप्त गर्ने बताइएको छ ।