काठमाडौं । नेपाल हाइड्र्रो पावर लिमिटेडले २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुपर खुदी हाइड्र्रो पावर लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा १० करोड रुपैयाँ बराबरको शेयरमा लगानी गर्ने निर्णय गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा उल्लेखित रकम बराबरको शेयरमा लगानी गर्ने निर्णय गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.