काठमाडौं । नेपाल हाईड्रो डेभलोमपर लिमिटेडले पुस २५ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी ३५ करोड ९४ लाख ४१ हजार रुपैयाँको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।