काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले तीन जना सञ्चालक निर्वाचित गरेको छ । पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू निर्वाचित गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत सूचना जारी गर्दै अनुज अग्रवाल, रत्न राज बज्राचार्य र लालमणि जोशीलाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक निर्वाचित गरेको जानकारी दिएको हो ।
सोही सभाबाट रिक्त सर्वसाधारण शेयरधनीतर्फ साविक सञ्चालकको बाँकी कार्यकालका लागि नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई समेत अनुमोदन गरेको छ । स्वतन्त्र सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् ।