काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ हजार ५६६ कित्ता संस्थापक शेयर भदौ १९ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक घरधनीसँग अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको यी शेयर खरीद गर्न इच्छुकहरूले असोज २ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन उक्त दिन अपरान्हको ३ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था छ ।
५ लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले भने अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । आवेदन पेश गर्दा सिलबन्दी खाम बाहिर नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड–शेयर खरीद आवेदन (संस्थापक समूह) उल्लेख गर्नुपर्ने भनाई पनि कम्पनीको छ ।