काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको ३१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा उक्त शेयर लिलामीमा ल्याएको हो ।
यो शेयर विद्यमान संस्थापक शेयरधनी (नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजतपत्र प्राप्त)ले खरीदका लागि आवेदन दिन पाउनेछन् । खरीदकर्ताले बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ताको माग गरी आवेदन दिन पाउनेछन् ।
उक्त शेयर खरीद गर्न इच्छुकले आज असार २१ देखि २५ गते कार्यालय समयभित्र काठमाडौंको कमलादीस्थित विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।