काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले स्वतन्त्र सञ्चालकमा राजेश प्रसाद मानन्धरलाई नियुक्त गरेको छ ।
कम्पनीको असार २१ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको नेप्सेमार्फत जानकारी दिइएको छ ।