काठमाडौं । शेयर बजारका लगानीकर्ताले आगामी आइतवारदेखि नयाँ टिएमएसबाट शेयर किनबेच गर्न पाउने भएका छन् ।
ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आगामी आइतवार नयाँ टिएमएस सञ्चालनमा ल्याउने भएको हो । श्रीलङ्काको शेयर बजारमा प्रयोगमा आएको टिएमएस सञ्चालनमा ल्याउन लागेको ब्रोकर कम्पनीले बताएको छ ।
यसअघि सेक्यूर्ड सेक्युरिटीले दिँदै आएको नेप्सेको टिएमएस सुविधा आइतवारबाट बन्द हुने भएको छ । सेक्यूर्ड सेक्यूरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्तालाई नयाँ टिएमसको लग इन गर्न एक सूचना जारी गरेको छ ।
यसअघि नेप्सेले उपलब्ध गराएको टिएमएसमा भन्दा केही नयाँ फिचरहरू नयाँ टिएमएसमा उपलब्ध हुने बताइएको छ ।