काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले आज (शुक्रवार) पदभार ग्रहण गरेकी छन् ।
असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएको थियो । उनलाई भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
श्रेष्ठ यसअघि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । उनलाई आजबाट लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।