काठमाडौं । नेपाल घितोपत्र बोर्डको अध्यक्ष पदका लागि आज हुने भनिएको अन्तर्वार्ता स्थगित भएको छ ।
सिफारिस समिति संयोजक अस्वस्ठ भएकाले अन्तर्वार्ता स्थगित गरिएको हो । उक्त अन्तर्वार्ता अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
धितोपत्र बोर्डमा अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिनहरूमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीनजनाले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति दिने र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।