काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
संस्थापक शेयरधनीले उक्त शेयर नकिनेपछि कम्पनीले सर्वसाधारण व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्न लागेको हो । शेयर खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले विक्री गर्न लागेको शेयर संख्या तथा शेयरको विक्री मूल्य भने खुलाएको छैन ।
आवेदन पेस गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ ।