काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संस्थापकतर्फको शेयर स्वामित्व घट्ने भएको छ । कम्पनीले हाल कायम शेयर संरचनामा संस्थापकतर्फ ५७ दशमलव ५१ प्रतिशतलाई ५१ प्रतिशत कायम गर्न लागेको हो ।
गत चैत २ गते सम्पन्न २८ र २९ औं वार्षिक साधारण सभाबाट कम्पनीले संस्थापकतर्फको शेयर स्वामित्व ५१ दशमलव प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत सोही अनुपातबमोजिम अभिलेख भैसकेकाले कम्पनीले शेयर संरचना परिवर्तनको प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले बिहीवार सूचना जारी गर्दै आगामी ३५ दिनभित्र शेयर संरचना परिवर्तन गर्न नचाहने सदस्यहरूलाई सम्पर्क गर्न भनेको छ । यसका लागि तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पर्क राख्नुपर्ने कम्पनीले जनाएको छ ।