काठमाडौं । चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले ३२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । याे रकम गत आवको यसै अवधिको तुलनामा ११ दशमलव ६१ प्रतिशत बढी हाे ।
कम्पनीको खुद दाबी भुक्तानी भने गत आवको यसै अवधिभन्दा करीब १४ प्रतिशत बढी भएको छ । यस आवको ९ महीनामा कम्पनीले ४१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो ।
कम्पनीले यस आवको तेस्रो त्रैमाससम्म ८ दशमलव ६४ प्रतिशत बढी खुद नाफा गरेको छ । गत आवको ९ महीनामा ६० करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस आवको सोही अवधिमा भने ६५ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
यस आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी साढे ११ प्रतिशत बढी र कुल खर्च १३ प्रतिशत बढी भएको हो । सो अवधिमा कम्पनीले ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो भने ४४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार रुपैयाँ छ भने रिटेन्ड अर्निङ १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी छ ।
महाविपत्ति कोषमा १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अदर इक्वीटी ७२ करोड ५७ लाख रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ ।