काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा चार कम्पनीको कुल १ करोड १७ लाख ७७ हजार ४३७ दशमलव ३८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको ५८ लाख २५ हजार कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ९४ हजार ३९२ कित्ता, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १३ लाख ८७ हजार ४९८ दशमलव ३४ कित्ता र निर्धन उत्थान लघुवित्तको ४१ लाख ७० हजार ५४७ दशमलव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी चार ओटै कम्पनीको शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
नेपाल पुनर्बीमा कम्पनीले भदौ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ३२ प्रतिशत, डिप्रोक्स लघुवित्तले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत र निर्धन उत्थान लघुवित्तले फागुन १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।