काठमाडौं । नेपाल टेलिकले यस वर्ष ४० प्रतिशत नगद लाभांश दिने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृति प्राप्त पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षकै अनुपातमा नगद लाभांश वितरण गर्न लागेको हो ।