काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले पुस २९ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिजारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सभाले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार सञ्चालकको निर्वाचन पनि गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन सक्नेछन् ।