काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.४५ अंक (१.२० प्रतिशत)ले घटेर २ हजार ६७० दशमलव ९४ बिन्दुमा झरेको छ । नेप्सेमा आज २३ कम्पनीको शेयरमूल्य बढ्दा २२१ कम्पनीको घटेको छ । कुल ५ अर्ब ६५ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यो पनि पढ्नुहोस्: ट्रम्प प्रशासनले लगाएको ट्यारिफको प्रभाव: अन्तरराष्ट्रिय बजारका ठूला इन्डेक्स सबै राताम्मे
बजार दिनभर ओरालो लागेको देखिन्छ। कारोबारको पहिलो घण्टामा नेप्से केही स्थिर देखिए पनि त्यसपछिको समय लगातार ओरालो लागेको हो। सोमवारको कारोबारमा नेप्से परिसूचक २ हजार ७१० दशमलव १३ विन्दुसम्म पुगेको थियो भने २ हजार ६६७ दशमलव ५६ विन्दुसम्म झरेको थियो।
प्राविधिक विश्लेषणअनुसार बजारमा मुनाफा संकलनको मनोवृत्ति बढेको देखिन्छ। अर्थतन्त्रको समग्र अवस्था, ब्याजदरको सम्भावित परिवर्तन र गभर्नर कार्यकाल र नयाँ कार्यवहाक नियुक्ति जस्ता विषयले बजारको मनोवृत्ति प्रभावित बनेको विश्लेषकहरूको भनाइ छ। पछिल्लो समय नेप्से परिसूचक घट्ने क्रमभन्दा बढ्ने क्रमनै बढी देखिन्थ्यो ।
पछिल्ला ९ कारोबार दिनलाई फर्केर हेर्दा नेप्से परिसूचक तीन कारोबार दिन मात्र घटेको देखिन्छ । अझै पनि बजारमा अल्पकालिन लगानीकर्ताको दबाब रहेको ब्रोकरहरू बताउँछन् । ठुला लगानीकर्ताहरूले छोटो समयमै नाफा बुक गरिहाल्ने परिपाटीका कारण पछिल्लो समय दिर्घकालिन लगानीलाई प्राथमिकतामा राख्ने साना लगानीकर्ता मर्कामा परेको बुझाई ब्रोकरहरूको छ ।
प्रमुख सूचकहरू
- कुल कारोबार रकम: रू. ५,६५८,९७३,७६६.४०
- कुल कारोबार संख्या: ५५,७१२
- कुल कारोबार शेयर संख्या: १,००,१४,८६६
आज सर्वाधिक कमाउने कम्पनीहरू
- वुटवल पावर कम्पनी : ६.७५ प्रतिशत
- बाराही हाइड्रो पावर : ४.७९ प्रतिशत
- कुमारी सबल योजना: ४.०१ प्रतिशत
- नविल डिवेन्चर : २.८७ प्रतिशतले
- सयपत्री हाइड्रो पावर : २.८४ प्रतिशतले
अत्यधिक कारोबार भएका कम्पनीहरू
- हिमालयल रिइन्स्योरेन्स: रू. ५०३.६० करोड
- एनआरएन इन्फ्रास्टक्चर : रू. ४३२.१७ करोड
- नेपाल रिइन्स्योरेन्स : रू. ३३१.७६ करोड
- राधि विद्युत : रू. २८३.९१ करोड
- हिमालयन पावर पार्टनर : रू. २१४.०६ करोड
सोमबार घटेको बजारमा २२१ कम्पनीको धितोपत्र मूल्य घटेको छ भने २३ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४६ प्रतिशत बढेर अन्तिम मूल्य १ हजार ११२ रुपैयाँ ७२ पैसा कायम भएको छ । यो दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव शून्य ९ प्रतिशत घटेर अन्तिम मूल्य ६७९ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
नेप्से परिसूचकसँगै यस दिन सबै समूहगत परिसूचक समेत घटेका छन् । परिसूचक घटेको आधारमा यस दिन व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ । व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ११ प्रतिशत घटेको हो । त्यस्तै यो दिन वाणिज्य समूहको शून्य दशमलव ९७ प्रतिशत, विकास बैंकको १ दशमलव ११ प्रतिशत, वित्तको २ दशमलव २६ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ३५ प्रतिशत, जलविद्युतको १ दशमलव ३७ प्रतिशत, लगानीको १ दशमलव ६९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८३ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४२ प्रतिशत, लघुवित्तको १ दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव २२ प्रतिशत र अन्य समूहको शून्य दशमलव ४४ प्रतिशत परिसूचक घटेको छ ।
यो दिन कारोबार रकम समेत अघिल्ला कारोबार दिनभन्दा कम भएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँभन्दा बढीको १ करोड ५५ लाख २ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँभन्दा बढीको १ करोड १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यो दिन पनि कुल कारोबारमा सर्वाधिक हिस्सा हिमालयन रिइन्स्योरेन्सलेनै ओगटेको छ । यस कम्पनीको ५० करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सोमवार कुल बजार पूँजीकरण ४४ खर्ब ३३ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन ४४ खर्ब ८९ अर्ब ३ करोड ५२ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण सोमवार ५५ अर्ब ३४ करोड ९८ लाख रुपैयाँले घटेको हो ।