काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । स्वाभिमान लघुवित्तको वैशाख १० गते कायम अन्तिम शेयरमूल्य १ हजार ८२२ रुपैयाँ ८६ पैसाको आधारमा ५ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता १ हजार ७३६ रुपयाँ ६ पैसा नेप्सेले तोकेको हो । त्यस्तै स्वरोजगार लघुवित्तको वैशाख १० गते कायम अन्तिम शेयरमूल्य ९६० रुपैयाँ २४ पैसाको आधारमा १३ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले प्रतिकित्ता ८४६ रुपैयाँ ३ पैसा तोकेको हो । यी दुई कम्पनीहरुले प्रस्तावित बोनस पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् ।
स्वाभिमान लघुवित्तले वैशाख १९ गते र स्वरोजगार लघुवित्तले वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएका हुन । सभा प्रयोजनका लागि दुबै कम्पनीले वैशाख ११ गते एक दिन बुक क्लोज गर्दैछन् । बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम सम्बन्धित कम्पनीका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । स्वाभिमान लघुवित्तले ५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण वितरण गर्ने प्रस्ताव गरेको छ । स्वरोजगार लघुवित्तले भने १३ दशमलव ५० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून् यदशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।