काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकबाट जारी भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था÷संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)लाई विद्युतीय कार्डहरूको सञ्जाल र भुक्तानी स्वीच सञ्चालकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित उक्त कम्पनी बैंक तथा वित्तीय संस्थाका लागि अत्याधुनिक तथा सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रूपमा रहेको कम्पनीले बताएको छ । कम्पनीले १७ ओटा बैंक तथा वित्तीय संस्थाका भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टर कार्ड जारी गर्नुका साथै एटीएम र स्विचिङ लगायत सेवा प्रदान गर्दै आएको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.